काठमाडौं । आजभोली मानिस सामाजिक सञ्जालमा आफ्नो समय खर्चिरहेका हुन्छन्। सामाजिक सञ्जालमा फैलिने अफवाहलाई पनि मानिसले साचो ठान्ने गरेका छन्। तर, त्यसको सत्यता बुझ्नु आवश्यक हुन्छ। धेरै मानिसलाई बढि सेक्स गर्दा तौल बढ्छ भन्ने लाग्छ।
यो कुरा साचो होकी तौल बढ्नुको कनेक्सन सेक्स हार्मोनसँग जोडिएको हुन्छ। सेक्स हार्मोनमा असन्तुलनको स्थिति पैदा हुँदा तौल बढ्न थाल्छ। तर, सेक्स गर्दा थुप्रै क्यालोरी शक्ति खेर जान्छ। सेक्सलाई सबैभन्दा राम्रो एक्सरसाइजको रूपमा पनि लिइन्छ। त्यसैले सेक्स गर्दा तौल बढ्छ भन्ने कुरामा कुनै सत्यता छैन।
थुप्रै कारणले हार्मोनमा असन्तुलन हुनसक्छ। जसमध्ये एक कारण हो जेनेटिक। अगाडिको पुस्ताका मानिसमा सेक्स हार्मोन असन्तुलन हुने समस्या भए अर्को पुस्तामा पनि यो समस्या देखिन सक्छ।तनाव, डाइट, जीवनशैली आदिले गर्दा पनि सेक्स हार्मोसनमा असर पर्छसक्छ। यस्तै एस्ट्रोजन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन जस्ता हार्मोनले पनि तौल बढ्नसक्छ।
हार्मोन असन्तुलन हुने मानिसको कम्मर र जाङमा बोसो जम्नथाल्छ। यो स्थानमा बोसो बढ्दै गयोभने हार्मोनमा समस्या भइरहेको छ भन्ने बुझ्नुपर्छ। र, यौन चिकित्सकलाई देखाउनुपर्छ।यस्तै महिलामा असन्तुलित हार्मोनका थुप्रै कारण हुनसक्छन्। जस्तोकी महिनावारीको डेट असन्तुलित हुन् हार्मोन असन्तुलितको कारण कुन सक्छ। जसले शरीरमा बोसो जम्न थाल्छ।
यसका साथै हट फेलोसेज हुनु पनि हार्मोन असन्तुलित हुनुको कारण हुनसक्छ। महिलामा अचानक पटक-पटक गर्मी महशुस हुनथाल्यो भने हट फेलोसेज भएको मानिन्छ। हटफेलोसेज एन्डोक्राइन हार्मोनको असन्तुलनले हुन्छ।महिलाको यौनी पटक-पटक सुख्खा हुन्छ भने त्यो पनि हार्मोनको असन्तुलन भएको हुनसक्छ भन्ने हो।यदि निन्द्रा लाग्दैन भने त्यो पनि हार्मोनको असन्तुलन हुनसक्छ। यसले शरीरमा मोटोपन पनि बढाउँछ।
पटक-पटक मुड अफ हुनु पनि हार्मोन असन्तुलनको कारण हुनसक्छ। कुनै मानिसमा एक्कासी रिष उठ्नु वा तनाव महसुस् हुनु यसको कारण हो।हार्मोन असन्तुलन हुँदा सेक्स गर्न कम मन लाग्छ। डिप्रेसनको समस्या भए पनि हार्मोनको कारण हुनसक्छ।
सेक्सले मोटोपन बढाउने होइन। तर, जीवनशैली एकदमै बद्लिदो छ भने मोटोपन बढ्नसक्छ। निकै आरामदायी जीवन विताउनखोज्दा हार्मोनमा परिवर्तन आउनसक्छ। जसले मोटोपन बढाउँछ।
फास्टफुड बढी खाँदा पनि हार्मोन बढ्छ। हार्मोन बिग्रीएको अवस्थामा फेरि सन्तुलित गर्नुछ भने राम्रो लाइफस्टाइल बिताउन निकै आवश्यक छ। दैनिक योगा तथा शारीरिक व्यायम गर्दा निकै फाइदा पुग्छ।