काठमाडौं । परापूर्वकालदेखि नै आँखा फरफराउनुलाई विभिन्न ढंगले अथ्र्याउँदै आइएको छ । सामान्यतया हाम्रो गाउँघरमा आँखा फरफराउनुलाई राम्रो या नराम्रोको पूर्वसंकेतका रूपमा विश्लेषण गरिन्छ ।
तर,चिकित्सकहरू आँखा फरफराउनुको कुनै राम्रो या नराम्रो घटनाको अग्रिम संकेतसँग कुनै सरोकार नरहेको बताउँछन् । यदि तपाईंलाई कुनै कारणले गहिरोसँग पिरोलिरहेको छ भने, ज्ञात वा अज्ञात रूपमा त्यही कुरा सोचिरहनुभएको छ भने वा चिन्तित हुनुहुन्छ भने आँखा, आँखिभौँ, परेला तथा आँखावरिपरिको छाला लगातार हल्लिने गर्छ, जसलाई आँखा फरफराएको भन्ने गरिन्छ । चिकित्सकहरू यसलाई मानिसको विशुद्ध मनोगत अवस्थाको उपज मान्छन् ।
आँखा फरफराउने कारण:
– कुनै ज्ञात वा अज्ञात कुराप्रतिको गहिरो चिन्ता वा बेचैनी ।
– शरीरमा म्याग्नेसियमको कमी ।
– अत्यधिक तनाव ।
– लामो समय कम्प्युटर तथा स्मार्ट फोन चलाउनु ।
– दिमागमा खराबी ।
– दिमागको केही नसामा क्षति पुग्नु ।
– निद्राको कमी ।
– शरीरलाई पर्याप्त आराम नपुग्नु ।
यदि आँखा फरफराउने समस्याले चिन्तित हुनुहुन्छ भने प्रशस्त पानी पिउन, आराम गर्न र समस्यालाई सामान्य ढंगले लिन चिकित्सकहरू सुझाउँछन् ।