काठमाडौं । मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ।
मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।
कम गुणकारी छैन मेथीको साग पनि
१. मेथीको साग वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै कम हुँदै जान्छ ।
२. घरका बृद्धबृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन्।
३. मेथीको हरियो पातको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुट्कारा पाउन सकिन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।
४.यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईको समस्या बिल्कुल समाप्त भएर जान्छ ।
५. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।
६.पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या देखिन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा खुवाउनुपर्छ ।
७. धेरैजसो मानिसहरुलाई पेटसम्बन्धि समस्या हुने गर्दछ । जसमध्ये कब्जियत र ग्यास्ट्रिक प्रमुख हुन् । मेथीको हरियो साग खानाले पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।