काठमाडौं । एउटी महिला त्यो समयसम्म अपुरो हुन्छिन्, जबसम्म उनको कोखमा बच्चा हुँदैन । जब एउटी महिलाले आफू गर्भवती भएको जानकारी पाउँछिन्, त्यो समयमा मात्रै उनले आफु पूर्ण भएको अनुभव गर्छिन् ।
एउटी महिला जब आमा बन्छिन्, उनका लागि संसारमा त्यो भन्दा ठूलो खुशी तथा सुखद क्षण अरु केही हुँदैन । आमा बनेसँगै एउटी महिलाले एउटा मीठो आभास, खुशी तथा सन्तानप्रतिको जिम्मवारीले आफूलाई अझ बढि परिपक्व महसुस गर्न थालिन्छन् ।
वास्वतमा, एउटी महिला आमा बन्नु भनेको जीवनकै सबैभन्दा गाह्रो तथा पीडादायक क्षण हो । तर, सन्तान प्राप्तिपछि आमाले ती सबै दुःख, पीडा तथा कष्टलाई शिशुको आगमनसँगै बिर्सिन्छिन् । ९ महिनाको प्रतिक्षापछि आफ्नो गर्भबाट जब शिशु जन्मन्छ, नवजात शिशुको आगमनसँगै ती महिलाको घर तथा परिवारमा खुशीको लहर छाउँछ ।
यद्यपि, कुनै कारणवस् गर्भ तुहियो (मिसक्यारेज भयो) भने ती महिलाको जीवनमा खुशी आउनु अगाडि नै दुःखको पहाड र्झछ । उनका सबै सपनाहरु पुरा हुनु अगाडि नै टुक्रिन्छन् । त्यो दुःखदायी क्षण उनका लागि अरु केही हुँदैन ।
त्यस्तो अवस्थामा ती महिलाले छिट्टो भन्दा छिट्टो आफ्नो गर्भ पुनः भरियोस भन्ने चाहाना राख्छिन् । तर। त्यस्तो बेला हतार गर्दा पुनः उस्तै समस्या नदोहारिएला भन्न सकिँदैन । त्यसैले मिसक्यारेज भएको कति समयपछि पुनः गर्भवती हुन सकिन्छ अथवा हुन मिल्छ भन्ने बारेमा जानकारी हासिल गर्नैपर्छ ।
मिसक्यारेज भएको तीन महिनासम्म गर्भ बस्न दिनु हुँदैन । किन मिसक्यारेज भयो भन्ने बारेमा थाहा पाउनका लागि कम्तिमा तीन महिना पर्खनु नै पर्छ । जुन महिला भावनात्मक रुपबाट विचलित भएकी छिन्, ती महिलाले पुनः गर्भवीत हुनका लागि कम्तिमा ६ महिनादेखि एक वर्षसम्म प्रतीक्षा गरेकै राम्रो मानिन्छ ।
यस्तो अवस्थामा के गर्ने ?
चिकित्सकहरुका अनुसार मिसक्यारेज भएका महिलाले पुनः गर्भवती हुनका लागि केही समय पर्खनु बुद्धिमानी हुन्छ । यसले उनी भावनात्मक रुपमा स्थिर हुन सक्षम हुन्छिन् । यसका साथै शरीर पनि पुनः गर्भधारणका लागि तयार भैसकेको हुन्छ । तपाई भावनात्मक र शारीरिक रुपमा ठिक भएपछि मात्र तपाईको बच्चा गर्भमा सुरक्षित रहन्छ ।
विशेषज्ञका अनुसार मिसक्यारेज भएपछि कुनै पनि महिलालाई सामान्य स्थितिमा आउनका लागि कम्तिमा ६ हप्ता लाग्छ । मिसक्यारेज भएको तीन महिनापछि गर्भधारणको योजना बनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।
यसको साथै आफ्ना डाक्टरसँग पनि सल्लाह लिनु पर्छ, जसले गर्दा दोस्रो पटक पनि मिसक्यारेज हुने सम्भावना नरहोस् । यदि दुई पटकसम्म पनि मिसक्यारेज भैइरह्यो भने विस्तृत रुपमा जँचाउनु पर्छ ।