विश्वमा धेरै मानिस उच्च रक्तचापका कारण पीडित छन् ।
मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ । १८ वर्षभन्दा माथिका मानिसमा सामान्यतया रक्तचाप माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।
सामान्य रक्तचाप भएको ५५ वर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ ।
उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ । यसबाट बच्न चिकित्सककोमा जानु त छँदै छ, यसबाहेक पनि केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ ।
१. बदाम :
बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ । साथै, धमनीलाई सफा गरी रक्तचाप घटाउ“छ ।
२. प्याज :
प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ । प्याजको नियममित सेवन गरे उच्च रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।
३. दालचिनीः
दालचिनी धेरै औषधीय गुणयुक्त हुन्छ । दालचिनिको सेवनले मधुमेहसंगै उच्च रक्तचापज जस्ता रोग पनि नियन्त्रण हुन्छ ।
४. अलैंची :
एक अनुसन्धानका अनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैंचीको सेवन गरे, रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।
५. जैतुन :
जैतुनको तेल नियमित सेवन गरेमा उच्च रक्तचापमा नियन्त्रण पाउनुका साथै कालान्तरमा उच्च रक्तचापबाट मुक्ति मिल्दछ ।
६. तरबुजा तथा लिचि :
उच्च रक्तचाप भएका ब्यक्तिले तरबुजा तथा लिची खादा“ यसको क्युकरबोसिट्रिन नामक तत्वले रक्तचाप सहज बनाउछ ।
७. मेथी :
मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाएर बिहान सेवन गर्नाले रक्तचाप तुरुन्तै नियन्त्रण पाउन सकिन्छ ।
यसका साथै खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।