काठमाडौं । ईम्प्लाण्ट महिलाले लामो अवधिसम्म गर्भ रहन नदिनका लागि प्रयोग गरिने परिवार नियोजनको अस्थायी साधन हो।
यो तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताद्वारा महिलाको पाखुराको छालामुनि राखिन्छ। नेपालमा ३ वर्षे तथा ५ वर्षे दुवैथरिका इम्प्लाण्ट प्रयोगमा रहेका छन् । एक पटक लगाएपछि इम्प्लाण्टले ३ वा ५ वर्षसम्म गर्भ रहन दिदैन।
समय अवधि पूरा भएपछि यसले काम गर्दैन त्यसैले यसलाई निकाल्नु पर्छ। तर, यदि महिलाले चाहेमा कुनै पनि समयमा यसलाई निकाल्न सक्छिन । ईम्प्लाण्ट लगाएको २४ घण्टापछि यसले काम गर्न शुरु गर्छ भने ईम्प्लाण्ट झिकेपछि महिलाले सजिलै सँग गर्भधारण गर्न सक्छिन्।
ईम्प्लाण्टले कसरी गर्भ रहन दिँदैन त ?
डिम्बाशयबाट डिम्ब निष्काशन हुन दिंदैन ।
पाठेघरको मुखबाट निस्किरहने तरल पदार्थलाई बाक्लो बनाई शुक्रकीटलाई पाठेघरभित्र जानमा अवरोध पु¥याउँछ ।
पाठेघरको भित्री पत्रलाई पातलो गर्दछ र गर्भ बस्न दिदैन ।
कस्ता महिलाले ईम्प्लाण्ट लगाउने ?
एउटा बच्चा भएकी र अर्को गर्भ तुरुन्तै नचाहेको खण्डमा
लामो अवधिसम्म गर्भान्तर गर्न चाहने महिलाले,
स्थायी बन्ध्याकरण गर्न नचाहने तर तत्काल बच्चा पनि नचाहने महिलाले,
स्तनपान गराइरहेकी महिलाले,
कस्तो अवस्थामा इम्प्लाण्ट नलगाउने ?
गर्भपतन भएको र एच.आई.भी.संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी (एच.आई.भी.को औषधी) सेवन गरिरहेकी महिलाले ।
गर्भ रहेको थाहा भएको वा शंका लागेमा,
योनीबाट रगत बग्ने (कारण पत्ता नलागेको)
कलेजो सम्बन्धी रोग भएमा
क्षयरोग र छारेरोगको औषधी खाने गरेको ।
ईम्प्लाण्ट लगाउने उपयुक्त समय
महिनावारी भएको ७ दिन भित्र
गर्भपतन पश्चात लगत्तै लगाउन सकिन्छ ।
यदि महिला गर्भवती नभएको यकिन भएमा महिनावारी भएको जुनसुकै समयमा पनि लगाउन सकिन्छ । तर,यसरी लगाउँदा गर्भवती हुनबाट बच्न ७ दिनसम्म यौन सम्पर्क नगर्ने वा गर्नु परेमा कण्डम प्रयोग गर्नुपर्दछ ।
इम्प्लाण्ट लगाएपछि कसैकसैमा देख्न सक्ने असरहरु
महिनावारी गडबड हुने, धेरै दिनसम्म अथवा धेरै मात्रामा रगत जान सक्ने, दुई महिनावारीको वीचमा पनि रगतका थोपाहरू देखा पर्न सक्ने, महिनावारी रोकिन सक्ने,
टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, शरीरको तौल वढ्ने ।
ईम्प्लाण्टका फाइदाहरु
स्तनपान गराउने आमाहरुले पनि प्रयोग गर्न सकिने,
महिनावारी हुँदा रक्तश्राव कम हुने र पेट दुख्न कम गराउने र
पाठेघरको भित्री पत्रमा क्यान्सर हुनबाट बचाउने ।
ईम्प्लाण्ट सम्बन्धी वास्तविकताहरु
ईम्प्लाण्ट शरीरको अन्य भागहरुमा सर्देैन ।
यसले शारीरिक कमजोरी तथा रोगी हुदैन ।
ईम्प्लाण्टको प्रयोगले बाझोपन हुुदैन ।
ईम्प्लाण्ट कहाँ लगाउन पाइन्छ ?
अस्पताल
संस्थागत परिवार नियोजन क्लिनिक
प्राथमिक स्वास्थ्य केन्द्र
स्वास्थ्य चौकी
निजी तथा गैर सरकारी संस्थाका परिवार नियोजन क्लिकिमा सजिलै सँग पाउन सक्छ ।