काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।आयोग सोमबार पत्रकार सम्मेलन गर्दै डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक बताएको हो ।
आयोगले एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरेको हो । उसले यसका लागि राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको समेत जनाएको छ ।
यस्तै, आयोगले प्रत्येक वर्ष चिकित्सा शिक्षा शिक्षण गर्ने संस्थाहरुको स्थलगत अनुगमन र सिट निर्धारणलाई पनि आफ्नो कार्यप्रगतिमा उल्लेख गरेको छ ।
यस्तै, आयोगले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १२५२ विद्यार्थीलाई अनुमति पत्र प्रदान गरेको छ । नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेको आयोगले जानकारी दिएको छ।
आयोग शिक्षण शुल्क बाहेकका अन्य शुल्क अनिवार्य नभएको बताएको छ । स्नातक तह तर्फको कार्यक्रममा एमबिबिएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९०, एमबिबिएस उपत्यकाबाहिर ४५ हजार ९५ हजार ७२०, बिडिएस २० लाख ९२ हजार २९०, बिएस्सी नर्सिङ १० लाख ३६ हजार शुल्क निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
उनले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिए ।
चिकित्सा शिक्षा पढाएबापत कुन संस्थाले कति पाए?