काठमाडौं । निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को अध्यक्षमा डा पदम खड्का निर्वाचित भएका छन्। शनिबार भएको २२औं साधारण सभाले डा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अध्यक्षका उम्मेदवार कुमार थापालाई पराजित गरेका उनी कास्की सेवा हस्पिटल पोखरामा कार्यरत्त छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केयर अस्पतालका हरिप्रसाद रिजाल चयन भएका छन्।
प्रदेश उपाध्यक्षमा बागमतीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका प्रा श्यामकृष्ण जोशी, कर्णालीमा गुरुङ्ग हस्पिटल प्रालिका भीमबहादुर गुरुङ्ग, सुदूरपश्चिममा पद्मा अस्पताल प्रालिका गजेन्द्रवीर चन्द, लुम्बिनीमा कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो र गण्डकीमा तनहुँ सेवा हस्पिटलका हरिबहादुर खड्का विजयी भएका छन्।महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल र कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी स्वरूपा श्रेष्ठ निर्विरोध चयन भएकी छिन्। उनीहरु यसअघि पनि सोही पदमा थिए।सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।
सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।