टन्सिल घाँटीभित्र हुने एक प्रकारको ग्रन्थी हो । टन्सिलमा हुने इन्फेक्सनले गर्दा घाँटी दुख्ने अवस्था हुन्छ, जसलाई 'टन्सिलाइटिस' भनिन्छ । साधारणतया टन्सिलमा सिलिभर इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भयो भने ज्वरो आउने, खाना निक्दा दुख्नेजस्ता समस्या हुने गर्छन् । यस्तो अवस्थामा मात्रै 'टन्सिलाइटिस' भएको भन्न सकिन्छ, जसले गर्दा घाँटी दुख्ने गर्छ ।
मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने 'टन्सिल ' नामक ग्रन्थीको संक्रमण नै टन्सिलाइटिज हो। वास्तवमा यो ग्रन्थी शरीरको रोग प्रतिरोधात्मक ग्रन्थी हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।
मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ। सामान्य ब्याक्टेरियाहरूमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस आदि पर्छन्। टन्सिलको समस्याबाट सबैभन्दा धेरै बालबालिका र किशोरवस्थाका मानिस पीडित हुने गर्दछन्।
टन्सिलका लक्षण
- सय डिग्रीभन्दा बढीको ज्वरो आउने
- घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
- श्वास गन्हाउने
- घाँटीमा गिर्खाहरु ठूलो हुने
- मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने
टन्सिल हुनुका कारण
१. शरीरमा आयोडिनको कमी हुनु ।
२. मौसम परिवर्तन भएर चिसो हुनु ।
३. अत्यधिक चिसो खानेकुरा खानु ।
४. बजारका तथा गलत खानपानको बानि हुनु ।
५. संक्रमण वा ब्याक्टेरियाको संक्रमण हुनु ।
६. अत्यधिक मात्रामा धूलोधूवाँ हिड्नु वा काम गर्नु ।
७. अमिलो खानेकुराको सेवन गर्नु ।
उपचार
घाँटी दुखेको वा खानेकुरा निल्न गाह्रो भएको महसुस हुनेबित्तिकै नियमित नुन पानीले कुल्ला गर्नु आवश्यक छ। त्यसैगरी चिसो, काँचो र कचिलो खानेकुरा खानु हुँदैन। चिसो र तातो सँगसँगै खानु हुँदैन। मुखको स्याहार, सरसफाइ र कुल्ला गर्ने बानी बसाल्नुपर्छ।
टन्सिल भएपछि पहिले ब्याक्टेरियाले गर्दा हो कि भाइरसले भन्ने छुट्ट्याउनु पर्छ। यदि भाइरसका कारणले हो भने ज्वरो आए कम गर्न सिटामल खानुपर्छ। पानी प्रशस्त पिएर आराम गरेमा फाइदा पुग्छ । यदि ब्याक्टेरियाका कारणले टन्सिल भएको भए रगत जँचाएर एन्टिबायोटिक लिनु राम्रो हुन्छ।
पटकपटक टन्सिल भइरहे शल्यक्रिया गरेर यसलाई निकाल्नु नै उचित हुन्छ। वर्षमा तीनरचार पटक टन्सिल पाकिरह्यो भने यसलाई निकाल्नु पर्छ। दुई वर्षमा तीन पटकसम्म वा पाँच सात वर्षसम्म बर्सेनि टन्सिल पाकिरहे पनि यसलाई शल्यक्रियामार्फत झिकेर फ्याक्नु नै स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
क्षयरोग वा अन्य दीर्घकालीन रोगमा पनि टन्सिल बढ्न सक्छ। त्यसैगरी ल्युकेमियालगायतका रगतसम्बन्धी क्यान्सरका बिरामीलाई पनि टन्सिल बढिरहन सक्छ। त्यसैले टन्सिल त हो नि भनेर लापरबाही गरेर बस्नु हुँदैन। रोग लाग्नै नदिन सावधानी अपनाउने र लागेपछि चिकित्सकसँगको परामर्शमा उपचारमा लाग्नु जरुरी हुन्छ।