आरसिटी के भन्ने बुझ्नका लागि दाँत के कारणले गर्दाे बिग्रन्छ भन्ने बुझ्न जरुरी हुन्छ । दाँतको देखिने भागलाई Crown भनिन्छ । Crown तिन पत्रले बनेको हुन्छ । Enamel, Dentin र Pulp दाँतको बाहिरी पत्रलाई Enamel भनिन्छ । Enamel को मुनिको भागलाई Dentin भनिन्छ भने, Dentin मुनिको भागलाई Pulp भनिन्छ ।
Pulp मा नशा तथा रक्तनलि रहेको हुन्छ जसको माध्यमबाट दाँतले पोशकतत्व पाउँदछ । Pulp दाँतको जरा सम्मनै फैलिएको हुन्छ । संक्रमणको शुरुवाती चरणहरूमा तपाईलाई कुनै पीडा नहुन सक्छ। Pulp मा संक्रमण फैलिएको अवस्थामा Pulp निकालेर जराको नहर भर्ने विधिलाई आरसिटी वा Root Canal Treatment भानिन्छ।
आरसिटी आफैंमा महँगो उपचार भने होइन । उपचारका लागि ढिलो आइपुगेको खण्डमा भने यो उपचार महँगो हुन जान्छ । किराले खाएर सामान्य समस्या हुँदा नै आएको खण्डमा सामान्य उपचारले पनि दाँत निको हुन सक्छ जुन सामान्य खर्चमा पनि हुन्छ ।
सामान्य किराले खाँदा वेवास्ता गरिएको खण्डमा उपचार महँगो पर्न जान्छ ।
आरसिटी कुन-कुन अवस्थामा गर्न सकिन्छ ?
-दाँत सड्नुका कारण दाँतको नशा संक्रमित भई दाँत दुखेको अवस्थामा ।
-समयमा उपचार नगराउँदा संक्रमण दाँतको नलीबाट निस्किएर हड्डीसम्म पुगेर गिँजा पाकेको अवस्थामा अथवा कहिलेकाही अनुहार,गाला,घाँटी दुखेको अवस्थामा।
-चोटपटक लागेर दाँतको नशा मरिसकेको अवस्थामा।
-चोटपटक लागेर दाँत भाँचिएको अवस्थामा।
आरसिटी गर्दो र गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
-उपचाररत्त अवस्थामा नरम खालका खानेकुरा मात्रै खाने
- मुख स्वास्थ्यको उचित हेरविचार गर्ने जस्तै उचित तरिकाले दाँत माझ्ने
-चिकित्सकको सल्लाहअनुसार दाँतमा खोल राख्ने ।
-कडा खानेकुरा नटोक्ने ।
-चिकित्सकको सल्लाह अनुसार फलो अपमा जाने ।
-उपचार सकिए पश्चात् पनि ६ महिनामा चिकित्सककोमा जाने ।
दाँतको स्याहारका लागि दिनको दुई पटक ब्रस गर्नु अनिवार्य हुन्छ । बिहान भन्दा पनि बेलुकाको खानापछि ब्रस गर्नु अनिवार्य मानिन्छ । दाँत माझ्दा तलमाथि, दायाँबायाँ गरी राम्रो सँग ३ मिनेटसम्म माझ्नुपर्छ ।
दाँतमा केही अल्झिएमा कुनै छेस्को प्रयोग गर्नुहुदैन । अत्यधिक पदार्थ पनि सेवन गर्नुहुँदैन । चकलेट वा गुलियो खानेकुरा पनि धेरै खानुहुँदैन । कुनै कडा बस्तु टोक्नु पनि हुँदैन । खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर अड्केको निकाल्नुपर्छ ।
आइसिटीका चरणहरु
-दाँतको नलीलाई सफा गर्ने
-यस चरणमा किटाणुनाशक औषधि विशेष यन्त्रहरुको सहायताले संक्रमित नशालाई हटाइन्छ र दाँतको नलीलाई सफा गरिन्छ ।
-दाँतको जरा भर्ने
-किटाणु शोषण गरिसकेपछि दाँतको नलीलाई एक विशेष प्रकारको पदार्थले भरिन्छ ।
-दाँतमा खोल लगाउने ।
-आरसिटी गरिसकेपछि दाँत पहिलेको भन्दा केही कमजोर हुने भएकोले यसलाई भाँचिनबाट जोगाउन दन्त चिकित्सकको सल्लाह बमोजिम खोल लगाउनुपर्ने हुन्छ ।
(ओम समाज डेन्टल अस्पताल, चाबहिलमा कार्यरत्त डा. खनालसँग महिला स्वास्थ्यकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)