हाल विश्वभर यौन संक्रमण सेक्सुअल ट्रान्समिटेड इन्फेक्सन (एसटीआई) तीव्र गतिमा फैलिरहेको छ । यसले विश्वलाई नै आतंकित बनाइरहेको छ । संक्रमणका प्रमुख कारक चार ब्याक्टेरियाको बारेमा यहाँ बताइन्छ जसले मानिसको स्वास्थ्यमा ठूलो हानि पुर्याउन सक्छन् ।
नाइसेरिया मेनिन्जाइटिस
नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकस पनि भनिन्छ । यो ब्याक्टेरिया दिमाग र ढाडको हड्डीमा फैलिन्छ । तर, यो जननेन्द्रियमा तीव्र गतिमा फैलिन्छ ।
७० को दशकमा चिम्पान्जीको नाक र घाँटीबाट यो ब्याक्टेरिया त्यसको मूत्रद्वारसम्म फैलियो र यसबाट चिम्पान्जी संक्रमित भएको एक अध्ययनले देखाएको छ ।
करीब ५ देखि १० प्रतिशत युवामा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी अथवा नाकको माध्यमले फैलिन्छ ।
एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा मुखमैथुन अथवा अन्य तरिकाको सम्पर्कले हुन सक्छ ।
जम्मा पाँच किसिमका एन मेनिन्जाइटिस विश्वभरमा हुने यौन संक्रमणको लागि जिम्मेवार छन् । यद्यपि, यो ब्याक्टेरियाबाट हुने संक्रमण कम गर्न दुई किसिमको सुई उपलब्ध छ ।
माइकोप्लाजमा जेनिटेलियम
माइकोप्लाजमा जेनिटेलियम विश्वको सबैभन्दा सूक्ष्म ब्याक्टेरियामध्ये एक हो । तर, यसबाट हुने यौनजन्य संक्रमण विश्वको सबैभन्दा ठूलो चिन्ताको कारण बनिरहेको छ ।
सन् १९८० को दशकमा यसको पहिचान गरिएको थियो । करीब १ देखि २ प्रतिशत मानिस यसबाट संक्रमित हुन्छन् । युवा र वयस्कमा यो तीव्र गतिमा फैलिन्छ ।
यो ब्याक्टेरियाले महिलाको प्रजनन प्रणालीमा समस्या ल्याउँछ । यसका कारण बाँझोपन, गर्भपात, समयभन्दा पहिले नै प्रसव व्यथा लाग्ने तथा भ्रूणको मृत्यु हुने सम्भावना रहन्छ । कन्डोमको प्रयोगले यो ब्याक्टेरियाको संक्रमणबाट बच्न सकिन्छ ।
शोधकर्ताहरुले एम जेनिटेलियमलाई रोक्न एन्टिबायोटिक औषधि, विशेषगरी एजिथ्रोमाइसिन र डक्सिसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिएका छन् ।
सिगेला फ्लेरक्जेनरी
यो ब्याक्टेरियालाई सिग्लोसिस पनि भनिन्छ । यो मानिसको दिसाको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउनाले फैलिन्छ । यो संक्रमणपछि पेट धेरै दुख्छ र पखाला लाग्ने सम्भावना रहन्छ । वैज्ञानिकहरुका अनुसार मुखमैथुन र गुदामैथुनबाट यो ब्याक्टेरिया फैलिन्छ । यो हाल विश्वभर तीव्र गतिमा फैलिरहेको छ ।
लिम्फोंग्रानुलोमा भेनेरेउम (एलजीभी)
यो ब्याक्टेरिया हाल ठूलो समस्याको रुपमा देखा परेको छ । एलजीभीको संक्रमणले अस्थायी डण्डीफोर, जननांगमा अल्सर आदिको समस्या उत्पन्न हुन्छ । यसले आन्द्रा र मलाशयसम्बन्धी समस्या पनि बढाउँछ । पछिल्ला केही दशकमा एलजीभी युरोप र उत्तर अमेरिकामा तीव्र गतिमा फलिरहेको छ । विशेषगरी यो रोग समलिंगीमा बढी पाइएको छ ।
बिबिसी