१. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ :
विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पाकक्रिडामा धेरै मानिसहरु चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने भएकाले यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।
२.तन्नेरी बनाउँछ :
चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी बनाउन मद्दत गर्छ ।
३. यौन सन्तुष्टि बढाउँछ :
चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।
४. मोटोपना घटाउँछ :
चुम्बनका बेला शरीरमा प्रशस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने अनुसन्धानले देखाएको छन् ।
५. तनाव कम गर्छ :
चुम्बनले मानसिक तनाव कम गर्ने एक अध्ययनले देखाएको छ । चुम्बन गर्ने व्यक्ति र नगर्ने व्यक्ति बिच गरिएको अध्ययनमा चुम्बन गर्ने व्यक्तिमा तनाव कम पाइएको थियो ।
६. खुसी बनाउँछ :
चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । जसले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ ।
७ . पुरुषको उमेर बढाउन मद्दत गर्छ :
दिनमा एक पटक आफ्नो लाइफ पाटनरसँग चुम्बन गर्ने पुरुषको आयु पाँच बर्ष बढ्ने अध्ययनले देखाएको छ ।
८.ब्लड प्रेशर तथा कोलेस्ट्राृरेल :
चुम्बनले ब्लड प्रेशर तथा कोलेस्ट्राृरेलको मात्रा कम गर्न मद्दत गर्छ । अध्ययनका अनुसार चुम्बन गर्नाले कोर्टिसोल नामक स्ट्रेस हार्मोनको उत्पादनमा कमी आउँछ जसले कोलेस्ट्राृरेलको मात्रालाई कम गर्छ ।