काठमाडौं- जन्मदा देखि नै केहि व्यक्तिहरुमा दिर्घ रोग वा अन्य केहि रोगहरु हुने गर्दछ । गर्भावस्थामा अभिभावकका नजानिदा स साना गल्तिहरुले शिशुमा ठुलो असर पारिरहेको हुन्छ । गर्भवती हुदाँ आमाले दैनिक खानो खाना वा अन्य क्रियाकलापबाट पनि शिशुमा विभिन्न खाले रोगहरु लाग्न सक्छन् ।
अहिलेको बढ्दो आधुनिकीकरणका कारणले पनि मानव शरीरमा नकारात्मक असरहरु परिहेको छ । हामीले सामान्य सोच्ने कुराहरुले पनि हामीलाई अस्वस्थ्यकर बाटो तिर डोराइरहेको हुन्छ । आजभोली प्राय नव शिशुहरुमा जन्मदा नै विभिन्न खाले रोगहरु सँगै लिएर जन्मिरहेका छन् । बदलिदो जीवनशैली र खानापानका कारण नवशिशुहरु रोगसँगै जन्मीरहेको चिकित्सकहरु बताउँछन् । आजभोली शिशुहरुमा जन्डीस , मृगौला र मुटु सम्बन्धि रोग धेरै देखिरहेको छ ।
आमा गर्भवती हुदाँ गरेको खानपान र क्रियाकलापको आधारमा पनि शिशुको स्वास्थ्यमा असर पर्न सक्छ । जन्मजात शिशुमा मुटुको समस्या हुन नदिन आमाले र्गभवती हुदाँ यस्ता बिषयमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।
गर्भवती महिला धुम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने
सन्तान प्राप्तिको योजना गर्नु १ महिना अघिदेखि गर्भावस्थाको १२ हप्तासम्म दैनिक फोलिक एसिड चक्कि खाने
कुनै पनि औषधि ९एलोपेथिक वा आर्युवेदिक० को सेवन विज्ञको सल्लाहमा मात्र प्रयोग गर्ने
इन्फ्लुन्जाको खोप २ डोज एक महिनाको अन्तरालमा लगाउने
कुनै पनि संक्रमित व्यक्तिबाट टाढा रहने
गर्भवतीको हुनु अघि नै मधुमेह छ वा गर्भावस्थामा मधुमेह देखिए ब्लड सुगर नियन्त्रणमा राख्ने
जैविक सॉल्भेन्ट्स भएका वस्तुबाट टाढा रहने जस्तै नेल पोलिस रिमुभर, किटनाशक औषधि, ड्राई क्लिनिङमा प्रयोग हुने केमिकल, पेन्ट थिनर, लिड प्रयोग भएका पेन्ट आदि