माइग्रेन -
टाउको दुखाईको विभिन्न प्रकारमध्ये माइग्रेन पनि एउटा प्रकार हो । नेपालमा सात वर्षको बालबालिकादेखि साठी वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ । यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुदाँ यसलाई समयमै सावधानी अपनाउन जरुरी छ । अन्यथा, यो धेरै पिडादायक हुनसक्छ ।
सामान्यतथा, माइग्रेनको दुखाई एकपटक सुरु भएपछि न्युनतम चार देखि ७२ घण्टा सम्म रहिरहन सक्छ ।
माइग्रेन भएमा बत्तीको प्रकार, चहकिलो बत्तीका कारण पनि टाउकोमा असहय पिडा भएमा तथा हात खुट्टा झमझमाउने, वान्ता हुने, आवाज प्रति टाउको संवेदनशील हुने गर्छ ।
माइग्रेनको कारण
माइग्रेनका कारण टाउको दुखेमा वाकवाकी लाग्ने, वान्ता हुने, डायरिया हुने लगायतको समस्या निम्तने गर्छ । माइग्रेनका कारण टाउको दुखेमा खाना सानो आन्द्रामा ढिलो गरी पुग्ने गर्छ ।
जसले गर्दा शरीरको पाचन प्रणालीमा विपरित असर पर्छ । साथै, चर्को घाम, बत्तीको प्रकाश तथा आवाज प्रति संवेदनशीलता बढ्न थाल्छ । त्यस्तै, फुलको गन्ध, डियोड्रेन्ट तथा परफ्युमबाट निस्कने कडा कारणका कारण पनि माइग्रेन हुनसक्छ ।
एक तथ्यांक अनुसार नेपालमा न्युरोसम्बन्धि समस्या लिएर अस्पताल पुग्ने विरामीमध्य करिब सात देखि आठ जनालाई माइग्रेन सम्बन्धि समस्या हुने गर्छ । र, यो समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ ।
कसरी थाहा पाउने ?
-पटक पटक टाउको दुख्ने
-केही घण्टासम्म टाउको दुख्ने
-टाउको भारी हुने
-टाउको टनटन हुने गरी दुख्ने
-अत्याधिक टाउको दुखाईका कारण चक्कर लाग्ने तथा वान्ता हुने
कसलाई हुनसक्छ माइग्रेन
माइग्रेनले हुनसक्छ ब्रेन स्ट्रोक
अन्य व्यक्तिको तुलनामा माइग्रेनको समस्या हुने व्यक्तिलाई स्ट्रोकको खतरा दुई गुणा बढी हुन्छ । वैज्ञानिकहरुले जनाए अनुसार यो तथ्यले उनीहरुलाई स्ट्रोक प्रति संवेदनशीलतबारे अध्ययन गर्न थप सहायता मिल्छ । धुमपानका साथै दिनचर्यासित असम्बन्धित अस्वस्थ बानी पनि माइग्रेनको कारण बन्न सक्छ । र, माइग्रेनको समस्या भएका टाउकाको आधा भाग दुख्ने गर्छ, जसलाई गम्भीरता पूर्वक लिन निकै आवश्यक छ ।
माइग्रेनबाट बच्ने घरेलु उपाय
-माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।
-एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।
-माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ ।
-माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।
-बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।
-कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।
-माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रक्रियाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।