एजेन्सी । इरिटेबल बोवेल सिन्ड्रोम (आइबिएस) पाचन प्रणालीसँग सम्बन्धित रोग हो ।
आइबिएस विशेष गरी ठुलो आन्द्रालाई असर गर्छ । हरेक वर्ष अप्रिल महिनालाई आइबिएस एवेरनेसको महिनाको रूपमा मनाइन्छ । आइबिएस पेटसँग सम्बन्धित सबैभन्दा सामान्य समस्या हो र विश्वको १० देखि १५ प्रतिशत जनसङ्ख्या यस समस्याबाट पीडित छन् । ६५ प्रतिशत आइबिएसका बिरामीहरू महिला हुन्छन् ।
पेटमा दुखाइ, पेट फुल्ने, कब्जियत हुने, झाडापखाला हुने, पेटमा ग्यास बन्ने, दिसामा म्युकस डिस्चार्ज हुनु आइबिएसका मुख्य लक्षण हुन् । आइबिएस हुनुको कुनै एउटा मुख्य कारण छैन ।
आन्द्रामा ब्याक्टेरिया र भाइरल सङ्क्रमण भएको कारण आइबिएस भएको हुन सक्छ । यसबाहेक, आन्द्राको स्नायु प्रणालीमा असामान्यता, मांसपेशीहरू असामान्य तरिकाले तानिएमा वा आन्द्रामा बस्ने ब्याक्टेरियामा परिवर्तन आउनु पनि आइबिएसको कारणहरू हुन सक्छन्।
धेरै तनाव लिने, धुम्रपान गर्ने, बाल्यकालदेखि पेट सम्बन्धित रोगहरू भएका तथा खानासँग एलर्जी भएका मानिसहरू आइबिएसको बढी जोखिममा हुन्छन् । यो गम्भीर रोग नभएपनि यसले खानपान र दैनिक जीवनलाई असर गर्छ । यसलाई उमेरसँगै नियन्त्रण गर्न सकिन्छ । डाक्टरसँग परामर्श गरेको लिएको औषधिसँगै बिरामीले दैनिक योग र व्यायाम गर्नुपर्छ ।
यसका साथै खानपानमा परिवर्तन गर्न पनि आवश्यक हुन्छ । तनावका कारण आइबिएस ट्रिगर हुन सक्ने हुँदा मानसिक स्वास्थ्य सुधार गर्न पनि ध्यान दिनुपर्छ ।