काठमाडौं । मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ । हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ । मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।
१. छातीको बिचको भाग दुख्नु २. दम बढ्नु ३. खुट्टाहरु सुन्निनु ४. घाटीँको रक्तनली फुल्नु ५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु ६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु ७. टाउको दुख्ने र चक्कर लाग्नु ८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु।
९. कफमा रगत देखा पर्नु १०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु ११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु १२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
मुटुरोगकाे घरेलु उपचार
विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ ।
मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् ।
नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।
मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्याउने गर्छ ।
यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ ।