एजेन्सी । रेड वाइन पेट स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि राम्रो हुने एक अध्ययनले देखाएको छ । रेड वाइनमा पेट स्वास्थ्य तथा पाचन प्रक्रियाका लागि सहयोग गर्ने खालका विविध ब्याक्टेरिया जीवित रहन सक्ने भएकाले फाइदाजनक हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
रेड वाइनमा पोलिफिनोल्सको मात्रा बढी हुने र यसले पेट स्वास्थ्य तथा पाचन प्रक्रियालाई सहयोग गर्ने किङ्गस् कलेज लण्डनका अनुसन्धानकर्ताले बताएका छन् । ह्वाइट वाइन, बियर तथा सिडरमा पोलिफिनोल्सको मात्रा निकै कम हुन्छ ।
दुई हप्तामा एक गिलास रेड वाइन सेवन गरेमा पेट स्वास्थ्य तथा पाचन प्रक्रिया राम्रो हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर अनुसन्धानको निष्कर्ष रक्सीको लत बसाल्नका लागि नरहेको अनुसन्धानमा संलग्नले बताएका छन् ।
पोलिफिनोल्स विभिन्न प्रकारका फलफुल तथा तरकारीमा पाइन्छ । रेड वाइन बनाउनका लागि प्रयोग गरिने अंगुरको बोक्रामा रिज्भेरेट्रोल प्रजातिका पोलिफिनोल्स पाइन्छ । यो माइक्रोब्स रक्सीमा पाइने र पेटमा गएर पनि जीवित रहने गर्छन् ।
हाम्रो पेटमा खर्बौँको संख्यामा ब्याक्टेरिया तथा माइक्रो अर्गानिज्म हुन्छन्, जसले समुदाय जस्तै बनाएर बसेका हुन् र हामीलाई स्वस्थ रहन सहयोग गर्छन् ।
मानव शरीरमा भएका माइक्रोबायोटाको मात्रामा थोरैमात्र परिवर्तन आएमा पनि इरेटेबल बोल सिन्ड्रोम, मुटु सम्बन्धी रोग तथा माटोपन र मुड एवम् मानसिक स्वास्थ्यमा पनि असर पर्ने अनुसन्धानहरुले देखाएका छन् ।
खानपान, जीवनशैली तथा लिने केही औषधिहरुले सन्तुलित अवस्थामा रहको हाम्रो पेट भित्रको पारिस्थितिक प्रणालीमा असर पर्छ । त्यसैले यसलाई सन्तुलित बनाइराख्नु अत्यावश्यक हुन्छ ।
रेड वाइन र पेट स्वास्थ्य सम्बन्धी अनुसन्धान प्रतिवेदन ग्यास्ट्रोएन्टोरोलोजीमा प्रकाशित भएको छ । बेलायत, अमेरिका र नेदरल्याण्डसका हजारौँ मानिसमा गरिएको अनुसन्धानले रेड वाइन पेट स्वास्थ्यका लागि फाइदाजनक देखिएको अनुसन्धानमा संलग्न डा. क्यारोलिन ली रोयले बताएकी छन् ।