एजेन्सी । थाइराइड भनेको माानव शरीरको एक ग्रन्थी हो। यो ग्रन्थी हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ। दायाँ र बायाँ भागमा हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ। यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि भएको हुनाले पछि गएर शरीरका अन्य अंगहरूलाई पनि असर गर्ने गर्छ।
थाइराइड हर्मोन निकाल्ने भएकाले ग्रन्थी भनिएको हो। यो ग्रन्थी आफैं सक्रिय हुँदैन। टाउकोमा पिट्युटरी ग्रन्थी हुन्छ। त्यहाँबाट टिएसएच भन्ने हर्मोन आयो भने थाइराइडबाट टी थ्री र टी फोर हर्मोन बनाउँछ। टी थ्री र टी फोर हार्मोनले शरीरमा हुने क्रियाकलापलाई नियन्त्रण गर्ने गर्छ।
‘थाइराइड रोग र थाइराइड क्यान्सरको प्रभाव’ भन्ने नारासहित यस वर्षको थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। थाइराइड भएका बिरामीहरूको घाँटी दुख्दै जाने र डल्लो साह्रो भयो वा बढ्दै गयो भने क्यान्सर हुने सम्भावन हुन्छ। यसको उपचार गरिहाल्यो भने निको हुन्छ।
थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको खास काम एउटै हो। हाम्रो शरीरको थाइराइड ग्रन्थीमा दुई खालका ‘सेल’ हुन्छन्। फोलिकुलर सेल र पाराफोलिकुलर सेल। फोलिकुलर सेलले टी थ्री र टी फोर हर्मोन उत्पादन गर्छ। पाराफोलिकुलर सेलबाट क्लाल्सिटोनिन हर्मोन उत्पादन हुन्छ, जुन हर्मोन क्याल्सियमसँग सम्बन्धित हुन्छ।
थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र टी फोर हर्मोनको काम करिब उस्तै हो। मानव शरीरमा टी फोर ज्यादा उत्पादन हुन्छ भने टी–थ्री त्यसको तुलनामा काम उत्पादन हुन्छ। टी फोर नै पछि टी थी्रमा रुपान्तरित हुन्छ। टी थ्रीको काम ज्यादा देखिए पनि टी फोर नै बढी उत्पादन हुन्छ।
थाइराइड पुरुषलाई भन्दा महिलामा बढी देखिने गर्दछ
थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो। हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ। हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ।
थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ। पुरुषको तुलनामा महिलाहरूको शरीर हर्मोनका मामलामा ज्यादा संवेदनशील हुन्छ।
थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाहरूको शरीरले त्यसको असरमा प्रतिक्रिया देखाइहाल्छ।
त्यसको तुलनामा पुरुषहरूको शरीरमा हर्मोनको मात्रा केही तलमाथि हुँदैमा खासै प्रभाव पार्दैन। पुरुषमा १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिने हुन्छ भने महिलाहरूमा एक प्रतिशत तलमाथि हुँदा मात्रै पनि असर देखिन्छ।