काठमाडौं । दन्त स्वास्थ्यका बारेमा मानिसहरुमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हो ।
दाँत निकाल्दा आँखा कमजोर हुन्छ ।
दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ ।
जुठो खाँदा दाँतमा किरा लाग्छ ।
नक्कली दाँत राखे कमजोर भइन्छ ।
उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ ।
दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन ।
कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ ।
अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन ।
दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने ।
१–२ वट दाँत बिग्रदैँमा केही हुँदैन ।
दाँत तथा मुख सफा गर्ने तरिका
बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।
अन्यसमयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने ।
२ दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने ।
बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।
टाँसिने,प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्यपदार्थ नखाने ।
धूमपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने ।
रेसादार, ताजा फलफूल,हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।
हरेक ६ महिनामा दन्त परीक्षण गराउने ।