एजेन्सी । सोरियासिस छालामा हुने एक प्रकारको रोग हो । यो एक अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ । यो प्रायः घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ ।
विज्ञहरूका अनुसार सोरियासिसका एक तिहाइ बिरामीलाई डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्या हुने गर्छ । सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ।
सोरियासिस निको नहुन सक्छ । तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर सोरियसिसलाई बढ्नबाट रोकथाम गर्न सकिन्छ । सोरियासिस भएका बिरामीले केहीखाना खानबाट बच्नुपर्छ । यस्ता छन् सोरियासिसको समस्या भएका मानिसले खान नहुने आठ कुरा
- होल मिल्क
- चिज
- प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि
- रातो मासु
- ग्लुटेन युक्त खाद्यान्न
- रक्सी
- कफी, सफ्ट ड्रिङ्क, एनर्जी ड्रिङ्क
- चकलेट
यस्ता खानाको सेवनले सोरियासिसको लक्षणहरू पनि बढाउन सक्छ। त्यसैले सोरियासिसको समस्या भएका मानिसले छालाबिनाको कुखुराको मासु, माछा जस्ता लिन मिटको सेवन गर्न सकिन्छ । साथै, ताजा फलफूल, तरकारी र सम्पूर्ण अन्नको सेवन गर्नु उचित हुन्छ।