काठमाडौं– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर स्थित (बुद्धनगर)मा रहेको अल्फाबिटा कम्प्लेक्समा पनि डोजर चलाएको छ।
अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसीमा महानगरपालिकाले डोजर चलाएको हो ।
बिहीबार बिहान सुरुमा मेयर बालेन्द्र शाह (बालेन)सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भनेको थियो। तर, नक्साको विषयमा कम्प्लेक्सका सञ्चालक र मेयर शाहबीच विवाद भएको थियो।
नक्साको विषयमा विवाद भएपछी मेयर साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुगेका हुन्।
अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?
अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’
मेयर बालेन शाहको उपस्थितिमा ठुलो संख्यामा सुरक्षाकर्मीसहित डोजरको सहायतामा संरचना भत्काइएको हो । अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । तर, प्रहरीले तिनिहरुलाई त्यहाँबाट हटाएको हो ।
३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थालेका थिए। त्यसक्रममा नयाँ बानेश्वर, सुन्धारा, न्यूरोड क्षेत्रका कम्प्लेक्समा निर्माण गरिएका अवैध संरचना निर्माण हटाइएको छ भने केही ठाउँमा हटाउने क्रम जारी छ।