हिन्दु नारीहरुको महान् पर्व तीजको अवसरमा दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ ।
दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ। दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ।
आजकाल दर खानका लागि तीजमा बाहिर बनाएका खानेकुराको प्रयोग गर्ने प्रचलन एकदमै व्यापक रहेको छ । दरका रुपमा अस्वस्थकर खानेकुरा तारेका खानेकुरा तथा अल्कोहलको प्रयोग गर्ने प्रचलन पनि बढेको देखिन्छ ।
तीजको दरको रुपमा प्रोटिनयुक्त खीरको प्रयोग एकदमै राम्रो मानिन्छ । खीरमा काजु, बदाम तथा ओखर लगायतका खानेकुराको प्रयोग कोलेस्टोरेल तथा सुगरको लेभर सन्तुलनमा राख्न एकदमै राम्रो मानिन्छ। दरका रुपमा बाहिरबाट ल्याइएका तयारी खानेकुरा भन्दा पनि घरमै बनाइएका खानेकुराको प्रयोग राम्रो मानिन्छ । रेशादार खानेकुराहरु, गेडागुडी,दही जस्ता खानेकुराको सेवन गर्नु उपयुक्त हुन्छ ।
दरमा कस्ता खाना नखाने ?
ब्रत बस्नु भन्दा अघिल्लो दिन तीजको अर्को रमाइलो पक्ष दर खानु हो। दरमा धेरै थरीका परिकार समावेश हुन्छन्। दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ। सकेसम्म घरमै परिकारहरु तयार बनाएर खाँदा राम्रो हुन्छ। भोलीपल्ट ब्रत बस्नु पर्ने भएकाले बढी चिल्लो, पिरो र गालेका खानेकुराहरु खानुहुँदैन।
घरमा दर बनाउन झन्झटिलो हुने भन्दै बजारबाट मिठाईं तथा अन्य परिकार खरिद गरी ल्याउने चलन बढेको छ। बजारमा सजाइएका मिठाईहरु हेर्दा आकर्षक र खाउ खाउ लाख्ने भए पनि त्यस्ता मिठाईलाई आकर्षक बनाउन तथा बिग्रन नदिन केही रंग तथा प्रिजभेटिभहरु प्रयोग गरिएको हुन्छ। त्यसकारण मिठाई खरिद गर्दा विश्वासिलो पसलबाट खरिद गर्दा राम्रो हुन्छ। होेइन भने कम गुणस्तरका खाद्य रंग प्रयोग गरेका मिठाइले शरिरम असर गर्नसक्छ।
कस्ता खाने कुरा खाने ?
– कतिपयले दरमा मासु खाने गर्दछन्, यस्तोमा मासुमा धेरै नुन, मसला राख्नु हुदैँन ।
– दरमा धेरै गुलियो, चिल्लो, पिरो र मसलेदार खानेकुरा खानु हुदैँन ।
– दरमा खादाँ खाली पेट भए शुरुमा नुनिलो रसयुक्त परिकार खानु पर्दछ ।
– दर खादाँ आफ्नो शरीरमा चाहिने मात्र खानु पर्दछ । बढि खाएमा बान्ता हुनसक्छ ।
– दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खानु पर्दछ ।
– सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।
– दरसँग भुलेर पनि अल्कोहल पिउनु हुँदैन ।
दर खादाँ आफु अनुकुल र स्वास्थ्यले सहन सक्ने परिकार र मात्रामा मात्र खानु पर्दछ । अन्यथा दर खाएको भोलिपल्ट बिरामी पर्न सकिन्छ । साथै व्रत बस्न र नाचगाँन गर्न समेत नसकिने हुन सकिन्छ । विशेषगरी मुटु रोगी, दमका बिरामी वा अन्य कुनै दीर्घ रोग भएका महिलाले व्रत बस्नु वा नाचगानमा बढि सक्रिय हुनु हानिकारक हुनसक्छ।