एजेन्सी । गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीमा तापक्रम बढी हुने हुनाले शरीरबाट पसिना अन्य बेलामा भन्दा धेरै निस्कने हुन्छ।
यस्तो बेलामा शरीरलाई अरूबेलामा भन्दा बढी पानी अवश्यकता हुन्छ । तर शरीरलाई चाहिने पानी पर्याप्ता नपिउनाले डिहाइ्रेसनसहित विभिन्न समस्याहरू देखिने हुन्छ । शरीरमा पानीको कमी वा डिहाइड्रेसन हुँदा छाला तथा ओठ सुक्खा हुने, मांसपेशीको दुखाइ, अत्यधिक तिर्खा, पिसाबको रङ गाढा हुने, पिसाब कम हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने हुन्छ ।
शरीरलाई डिहाइड्रेसनबाट बचाउनका लागि प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्न जरुरी हुन्छ । जस्तो भए पनि तरल त हो भनेर मानिसहरूले गर्मी हटाउनका लागि चिसो पेयपदार्थ, सोडा, कफी लगायत पेय पिउने गर्छन् । तर, केही तरल पदार्थले डिहाइड्रेसनबाट जोगाउनु भन्दा पनि पिसाबको उत्पादन बढाएर थप डिहाइड्रेसनलाई बढाउने काम गरिरहेको हुन्छ ।
कफी, चिया तथा सोडामा क्याफिन नामक रसायन हुन्छ । क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित गर्छ जसकारण पिसाबको उत्पादन बढ्न सक्छ । बियर, वाइन लगायतका रक्सीको सेवनेले शरीरको तरल पदार्थको सन्तुलन बिगार्न सक्छ । रक्सीले पिसाब नियन्त्रण गर्ने भासोप्रेसिन नामक हर्मोनको स्तर घटाउँछ । ११ जना पुरुषमा गरिएको एउटा सानो अध्ययनले पाँच प्रतिशत अल्कोहलयुक्त बियर पिउनाले पिसाब उत्पादन बढेको पाइएको छ ।
एनर्जी ड्रिङ्कको सेवनले पनि डिहाइड्रेसनको जोखिम बढाउँछ । यसमा क्याफिन र केहीमा टोरिन नामक तत्व हुन्छ, जसले पिसाबको उत्पादन बढाउन सक्छ । त्यस्तै, तिर्खा मेटाउन चिसो कार्बोनेटेड पेय पिउनाले तिर्खा थप बढ्छ । दैनिक रूपमा महिलाहरूले दुई दशमलव सात लिटर र पुरुषहरूले तीन दशलमव सात लिटर तरल पदार्थ उपभोग गर्न आवश्यक छ ।
चिया, कफी, एनर्जी ड्रिङ्क, सोडा वा रक्सीको सट्टा पानी, नरिवलको पानी, ताजा फलफूलको जुस र सूप जस्ता तरल पदार्थ पिउनुपर्छ ।