- डा. प्रकाश ज्ञवाली
काठमाडौं - पछिल्लो समय विश्व लगायत नेपालमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यसले अझै विकराल स्वरुप लिन सक्ने देखिन्छ । संक्रमित अनुसार यसका लक्षणहरु पनि फरक फरक देखिने बिज्ञहरु बताउँछन् । कोरोना संक्रमण भएपछि देखिने केहि लक्षणहरु यस प्रकार रहेका छन् ।
रुघाखोकी
ज्वरो (सात दिनभन्दा बढी रहने)
लामो समय खोकी रहने, अत्यधिक सुक्खा खोकीले कसै कसैको खकारमा रगत समेत देखा पर्ने
टाउको र शरीरका मांसपेशी दुख्ने
छालामा एलर्जी आउने
शरिरमा शिथिलता आउने
स्वाद वा गन्ध हराउने
कतिपयमा वाकवाकी र पखाला लाग्ने
कतिपयमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने
यस्ता लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने अवस्था आउने
यस्ता लक्षणहरु देखिएमा अपनाउनुपर्ने सावधानी
लक्षण देखिएको पहिलो ६–७ दिन अत्यन्त जोखिमपूर्ण समय हो। यस समयमा आयुर्वेद चिकित्सक को परामर्शमा आयुर्वेद औषधि र जडीबुटी सेवन गर्ने
संक्रमित व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्ने। अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिने
स्वास्थ्य संस्थामा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदा हुन्छ
मध्यम स्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशत देखिन्छ। त्यस्ता विरामीहरुलाई खुला स्थानमा घोप्टो सुताउने, अनुलोम विलोम गराउने र अवस्था सुधार नभए ढिलो नगरी स्वास्थ्य संस्थामा लैजाने
गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ । यो आपतकालीन अवस्था हो। ढिलो नगरी सम्भव भए सम्म अक्सिजन भएको एम्बुलेन्सबाट विरामीलाई स्वास्थ्य संस्थामा लैजाने
(डा. ज्ञवाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद विभागमा कार्यरत छन् ।)