काठमाडौं । हाम्रो समाजमा रूघाखोकी र ज्वरो आउँदा बालबालिकालाई भिटामिन सि युक्त खानेकुरा खुवाउँनु हुँदैन समस्या झन गाडिदै जान्छ भन्ने गरिन्छ ।
त्यस्तै, चिसो लाग्ला भनेर सब्ज़ी फलफूल खवाउनु हुदैन भन्ने परम्परागत बिश्वास पनि रहेको छ । बिशेषज्ञहरुले यस्ता परम्परागत बिश्वासमा नअलझिकन बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त खानेकुरा खुवाउनुपर्छ भनेका छन् ।
बालबालिकालाई रूघाखोकी र ज्वरो आउँदा भिटामिन सि युक्त ताजा फलफुल र सागसब्जी प्रशस्त मात्रामा खुवाउनुपर्छ । यस्ता खानेकुरा खानाले बालबालिकालाई रोगसँग लड्ने शक्ति बढाउँछ।
भिटामिन सि अन्तगर्त सुन्तला, कागती, अम्बा, स्टोबेरी, मेवा, भुइकटर, किवि, आँप, एभोकेडा, ब्रोकाउली, आलु, टमाटर, बन्दा, काउली, हरियोत सागपात लगायत अन्य खानेकुरा खुवाउन सकिन्छ।