काठमाडौं । हालसम्म कोरोना खोपको प्रतिवेदन नपठाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र २७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गर्न भनेको हो ।
प्रतिवेदन नपठाउने जिल्लाहरुमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर,काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली , कंचनपुर र डडेलधुरा रहेका छन्।