काठमाडौं । सामान्यभन्दा धेरै भोक लाग्नु नै आफैँमा एक किसिमको लक्षण हो । जबकि पोलिफेजियाको साथ केही अन्य लक्षण समेत देख्न सकिन्छ । जुन यसको कारण बन्नेवाला स्थितिका अनुसार नै पैदा हुने गर्छ ।
मधुमेहको कारणः
– शरीरको वजन कम हुनुु र जसको कारण थाहा नहुनु
– आँखाले ठीकसँग देख्न नसक्नु
– अत्यधिक प्यास लाग्नु
– बारम्बार पिसाब लाग्नु
– शरीरमा लागेको चोट वा नील डाम ठीक हुन धेरै समय लाग्छ
– हात वा खुट्टामा दुखाइ वा झुनझुनी हुनु
– थकानको महसुस हुनु
हाइपोग्लाइसिमियाको कारणः
– चिन्ता
– यस्तो महसुस हुनु जसरी तपाईंको हृदयको बीचबीचमा धड्कन बन्द गरिदिन्छ ।
– छाला पहेँलो बन्नु
– शरीर र हात काप्नु
– ज्यादा पसिना आउनु
– अनुहारको आसपास झम्झमाउनु
कम सुत्नुको कारण
– मुडमा बदलाव आउनु
– लापरबाही
– सचेत रहन नसक्नु वा चञ्चल भइरहनु
– अधिक दुर्घटना
– शरीरको वजन बढ्नु ।
तनावका कारण
– व्यक्तिमा अचानक अत्यधिक क्रोधको विकास हुनु
– थकानको महसुस हुनु
– टाउकोको दुखाइ
– निद्रासम्बन्धी समस्याहरू हुनु
ज्यादा भोक लाग्ने समस्याको रोकथाम
धेरै भोक लाग्नुको एक लक्षण हुन्छ र यसको रोकथाम गर्नको लागि यसको कारण बन्ने आन्तरिक स्थितिलाई रोक्नुपर्ने हुन्छ । प्रायःजसो निम्न विषयलाई ध्यान राखेर यसको लक्षणलाई नियन्त्रणमा राख्न सकिन्छ । जस्तै– यस्तो आहार नखानुहोस् जसमा गुलियो पदार्थ वा रिफाइण्ड कार्बोहाइड्रेड आदि पर्छन् ।
– नियमित रुपले एक्सरसाइज गर्नुहोस्
– धुम्रपान छोड्दिनुहोस्
–गुलियो पेय पदार्थ नपिउनुहोस्