काठमाडौं । मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ ।
मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हो ।
मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन । यसैगरी, मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानीकारक छ ।
तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घ्यू, क्रिम, तर, पुरी, समोसा, चप, पिजा, सेल, फिनी, अर्सा, अनर्सा आदि खानु हुँदैंन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।
धुमेहीलाई केही खाने कुरा निश्चित परिमाणमा खादाँ खासै असर गर्दैन । कम खान हुने अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ आदि पर्दछन् । यसैगरी, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन आदि खान नहुने अन्नअन्तर्गत नै पर्दछ । गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) पनि कम खाँदा हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ ।
मधुमेहीले स्वास्थ मानिस सरह खान हुने परिकारमा हरिया सागसब्जी, करेला, काउली, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गोलभेँडा, पुदिना, भान्टा, परबल, खुर्सानी, लौका, स्कुस, घिरौंला , सलाद, साग, काँक्रो, सेतो मुला, गाँजर, कागती आदि पर्दछन् ।
पेय पदार्थमा चिनी तथा घ्यू नभएका (चिया, कफी, सुप) लिन सकिन्छ । मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । स्याक्रिन चक्कीले चिनीको जस्तो गुलियो स्वाद दिन्छ तर हानी भने गर्दैन । तर, मधुमेहसँगै अन्य समस्या पनि भए खानामा हेरफेर गर्नुपर्ने हुन्छ ।