एजेन्सी । गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो ।
यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ ।
गर्भ आफै तुहिनुको प्रमुख कारण यी हुन्
– गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा,
–गर्भअस्थामा गम्भिर चोटपटक लागेमा,
– गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा,
– शरीरमा हर्मोन असन्तुलन भएमा,
– गर्भवती महिलामा यौनजन्य रोग लागेमा,
–गर्भवती महिलाको पाठेघर असामान्य भएमा,
– पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा,
–उमेर नपुगी गर्भधारण भएमा,
– गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्छ ।