काठमाडौं । दुई दिने इन्डो नेपाल होमियोप्याथी समिट सम्पन्न भएको छ । शनिबार राजधानीमा सुरु भएको दुई दिने इन्डो नेपाल होमियोप्याथी समिटको उद्घाटन स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गरेका थिए ।
आइतबार पत्रकार सम्मेलन गर्दै दुई इन्डो नेपाल होमियोप्याथी समिट सम्पन्न भएको घोषणा गरिएको हो । दुई दिने उक्त समिटमा नेपाल र भारतका गरी ४ सय ५० होमियोप्याथी चिकित्सक र सहायक सहभागी रहेका छन् ।
होमियोप्याथी एसोसिएसन अफ नेपालका अध्यक्ष डा। खगेन्द्र कटुवालले सम्मेलनमा नेपालका तर्फबाट ३ वटा र भारतबाट ६ वटा गरी ९ वटा अनुसन्धान पत्र प्रस्तुती भएको बताए । उनले नेपालका २ सय र भारतका २ सय ५० जना गरी ४ सय ५० होमियोप्याथी चिकित्सक तथा चिकित्सा सहायकको उपस्थिती रहेको समेत बताए।
सम्मेलनले होमियोप्याथी सेवामा दुई देशले अवलम्बन गरिरहेको पद्धतीको सिकाइ आदान—प्रदान गर्न राम्रो अवसर भएको सेन्ट्रल काउन्सिल अफ होमियोप्याथीका अध्यक्ष डा.राम जी सिंहले बताए ।
होमियोप्याथी उपचार विधीद्वारा अस्पतालमा पिनाश, श्वासप्रश्वास, दम, छाला, पेट, पत्थरी, हाडजोर्नी, बाथ, रक्तचाप, माइग्रेन, पायल्स, नाक, कान तथा घाँटी, यौनरोग, स्त्रीरोग, मानसिक रोग आदिको प्रभावकारी उपचार सेवा पाइन्छ ।