एजेन्सी । कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । जस्तो, हामीले केही अघि लगाएको साँचो कहाँ राख्यौँ वा हामीले केही कुरा कहीँ छुटाएका पो छौँ कि ? हो, केही कुरा छिट्टै सम्झनु पर्ने हुन्छ भने केही कुरा लामो समयसम्म पनि सम्झिरहनु पर्ने हुनसक्छ ।
तर, सबैको स्मरणशक्ति एउटै हुँदैन । त्यो त हाम्रो जीवनशैलीमा भर पर्छ । तर, कहिलेकांही कुनै रोग लागेका कारण पनि हाम्रो स्मरणशक्तिमा कमी आउन सक्छ । निम्न उपाय अपनाउने हो भने हाम्रो स्मरणशक्ति बलियो हुन सक्छः
निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।बदाम, ओखर, हरियो सागपात, चकलेट, ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।
दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो, पजल्स खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्दछ ।
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ । घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने बानी बसाल्नुस् । यस्तो बानीले सामान हराउनबाट जोगाउन सकिन्छ ।