काठमाडौँ - झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि दुई सय श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो । सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा श्यया सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।”
मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाबलेवा, वैशाख २६ गते । कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन् । जिल्लामा दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएपछि स्थानीय तहले आफ्नो तयारी थालेका हुन् ।
धौलागिरि अस्पताल बागलुङमा पर्याप्त श्ययाको अभाव छ । बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाले अस्थायी अस्पताल तथा आइसोलेशन कक्ष तयार गरेका हुन् । शुरुआतमा सुस्त देखिएका यहाँका स्थानीय तह सङ्क्रमितको सङ्ख्या बढ्ने र मृत्युसमेत बढेपछि धमाधम तयारीमा लागेका हुन् । बागलुङमा बिहीबार मात्रै दुई सङ्क्रमित र एक लक्षण मिल्ने बिरामीको मृत्यु भएको थियो ।
सदरमुकाम बागलुङ बजार रहेको बागलुङ नगरपालिकाले रातामाटास्थित पुरानो कार्यालय भवनमा ३५ श्यया क्षमताको अस्थायी कोभिड अस्पताल बनाएको छ । अस्थायी अस्पतालमा अक्सिजनसहित आइसोलेशन श्यया तयार गरिएका छन् ।
धौलागिरि अस्पतालमा २५ श्यया मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकाले नगरपालिकाले आइसोलेशन थपेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ती श्ययाका लागि अक्सिजनको व्यवस्था गरिएको उनले बताए ।
लामो समयसम्म स्थानीय पालिकाले श्यया नबनाएको गुनासो आइरहेका बेला बागलुङ नगरपालिकाले काम थालेको हो । नगरप्रमुख जनकराज पौडेलले निर्माणाधीन श्ययामा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गर्ने बताए । स्थानीय स्रोतले भेटेसम्म काम गर्ने र नभएमा प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगर स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेर भए पनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।
नगर स्वास्थ्य प्रमुख खनालले भने बाहिरबाट आउनेका लागि होल्डिङ सेन्टर निर्माण शुरु गरिएको बताए । बागलुङ–१ को रामरेखामा होल्डिङ सेन्टर राखेपछि शङ्कास्पद मानिसलाई सोझै घरघरमा जान नदिने योजना छ । सङ्क्रमणको दर तीव्र भएकाले उक्त योजनाले यसको नियन्त्रणमा साथ मिल्ने उनको भनाइ छ ।
शुरुआतमा सुस्त भए पनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले सङ्क्रमितको सङ्ख्या बढेपछि आइसोलेशन श्यया बढाउन शुरु गरेको छ । शुरुमा पाँच श्ययाबाट थालेको अभियान १५ श्यया सङ्ख्या पु¥याउनेमा पुगेको हो ।
साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्थायी अस्पतालका रुपमा चलेको थियो । उक्त स्थानमा आइसोलेशन राख्दै ताराखोला–२ स्थित अर्गलमा पनि आइसोलेशन बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पालिकाले सबै वडामा रहेका स्वास्थ्य चौकीमा पनि अन्य उपचार नियमित गराउने योजना छ ।
हालै निर्माण भएको बहुउद्देश्यीय सभाहलमा कम्तीमा १५ जना बिरामी राख्न सक्ने श्ययाको व्यवस्थापन गरिएको हो । एम्बुलेन्स चालक र अर्का एकजनामा सङ्क्रमण देखिएपछि साता दिनमै ताराखोलामा १० सक्रिय सङ्क्रमित पुगिसकेका छन् । तीमध्ये केही अहिले होम आइसोलेशनमा छन् ।
गाउँपालिकामा एक चिकित्सक र दुई नर्ससहित अन्य स्वास्थ्यकर्मीको दरबन्दी भएकाले तत्काल उपचारका लागि सम्भव हुने र सामान्य लक्षण भएकालाई गाउँमै उपचार गराउन पहल थालेको उनले जानकारी दिए । गाउँपालिकाले अक्सिजन सिलिन्डरसमेत खरीद गरेर ल्याएको उनले जानकारी दिए ।
“जटिल समस्या भएका र निरन्तर ज्वरो आएका बिरामी भएमा बागलुङ पठाउने, नत्र गाउँमै उपचार गराउने योजना छ”, उनले भने, “तत्कालका लागि रु सात लाख रकमान्तर गरेर स्वास्थ्य सामग्री खरीद भइसकेको छ ।” अन्य शीर्षकमा खर्च नभएको बजेट यता खर्चने योजना पनि उनले सुनाए ।
भारतबाट आउनेको निगरानी भइरहे पनि सङ्क्रमण बढिरहेको स्वास्थ्यकर्मी नितु खड्काले बताए । खड्काले सामाजिक सञ्जालमार्फत पनि कोरोना भएका बिरामीको उपचारमा घर र अस्पतालमा पनि खटिने जानकारी गराए । कोभिड अस्पतालका लागि चाहिने स्वास्थ्य सामग्री खरीद गरेर पालिकामा पु¥याइसकिएको छ । सामान्य लक्षण देखिएका बिरामीलाई गाउँमै उपचार गरेर निको बनाउने लक्ष्य उनीहरूले राखेका छन् । ताराखोलामा सङ्क्रमणमा परेकामध्ये चितवन र अन्य तराईका जिल्लाबाट फर्केका बढी छन् । उनीहरूबाट समुदायमा पनि सङ्क्रमण फैलिएको भेटिएको हो ।
जैमिनी नगरपालिकाले कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई नै कोभिड अस्थायी अस्पतालका रुपमा विकास गरेको छ । स्वास्थ्य केन्द्रमा रहेका श्ययालाई कोरोना सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने स्वास्थ्य शाखाप्रमुख गोविन्द आचार्यले बताए ।
काठेखोला गाउँपालिकाले स्वास्थ्य शाखाप्रमुख रामचन्द्र लामाको नेतृत्वमा आइसोलेशन कक्षको जिम्मेवारी स्वास्थ्यकर्मीलाई दिएको छ । यहाँको एक प्राथमिक विद्यालयमा निर्मित अस्थायी कोभिड अस्पतालमा दश श्यया निर्माण गरिएको लामाले बताए । “हामीले विज्ञापन गरेर माग्दा पनि चिकित्सक पाएनौँ, उपलब्ध जनशक्तिबाट नै आइसोलेशन चल्ने छ”, उनले भने, “अक्सिजन उपलब्ध गराउन भने कठिन छ, अस्पतालसँग सहकार्य गर्छौं ।”
दोस्रो लहरका बिरामीमा अक्सिजनको कमी हुने समस्या धेरै आएको धौलागिरि अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । अक्सिजनको समस्या भएका बिरामी बढेकाले स्थानीय तहले निर्माण गर्ने अस्पताल र आइसोलेशन कक्षमा अक्सिजन जडान महत्वपूर्ण विषय बन्ने गरेको छ ।
कोभिड अस्पताल सञ्चालन तयारी
अन्य पालिकामा पनि स्थापना भएर प्रयोगमा नआएका कोभिड अस्पताल अब धमाधम सञ्चालनमा ल्याउने क्रम शुरु भएको छ । बागलुङका १० पालिकामध्ये नौ वटाले कोभिड अस्पताल स्थापना गरेका थिए । बागलुङ नगरपालिकाले भने रातामाटामा आइसोलेशनको व्यवस्थापन गराएको नगरप्रमुख पौडेलले बताए ।
अधिकांश पालिकामा स्थानीय स्वास्थ्य चौकीको पूर्वाधार प्रयोग भएका छन् । ती स्वास्थ्य चौकीमा नियमित उपचारबाहेक बिरामीको व्यवस्थापन गरिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अमरबहादुर श्रीषले बताए । “अहिलेसम्म त सक्रिय सङ्क्रमित थिएनन्, त्यसैले तयारी थिएन, अब गाउँगाउँमा आएका मानिसको परीक्षण गर्दा अवश्य सङ्क्रमित भेटिन्छन्”, श्रीषले भन्नुभयोे, “लक्षण र जटिल अवस्था आएमा अन्य अस्पताल पठाउने, सामान्य भएमा यही उपचार गर्ने लक्ष्य छ ।”
गलकोट नगरपालिकाले कोभिड अस्पतालबाहेक नरेठाँटी स्वास्थ्य चौकीमा पनि झण्डै २० जनासम्म सङ्क्रमित राख्न सक्ने आइसोलेशन बनाएको वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । गत वर्ष विद्यालयलाई क्वारेन्टिन र आइसोलेशन बनाएका पालिकाले यो वर्ष भने त्यस्तो तयारी गरेका छैनन् । “अहिले लक्षण नदेखिएका सङ्क्रमितलाई घरमै बस्न लगाइएको छ”, स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने, “खानपान, स्याहार र आत्मबलका लागि पनि घरमा बसेकाको राम्रो अवस्था देखियो ।” जटिल समस्या देखिएको खण्डमा मात्रै अस्पताल आउन उनले आग्रह गरे ।चार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ ।
विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।
रासस