काठमाडौं । नेपालले एचआइभी एड्सको क्षेत्रमा विशेष उपलब्धी हासिंल गरेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. किम पापाले बताएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा एचअईभी एड्स रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव नियन्त्रणका लागि गरिएको अन्र्तक्रिया कार्यक्रममा डा. पापाले यस्तो बताएकी हुन् ।
कार्यक्रममा यूएसएआईडीका खनालले नेपालमा ३० हजार एचआईभी संक्रमित रहेको र त्यसमध्ये २० हजार संक्रमित मात्रै उपचारको दायरामा आएको बताएका थिए । उनका अनुसार एनजिओका कार्यक्रम विभिन्न ६ प्रदेश, ३७ जिल्ला र ३ सय ८७ नगरपालिकामा मात्रै पुगेको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले सबै जना हातेमालो गरेकार अगाडि बढ्न सकेको अवस्थामा एचआईभी पूर्णरुपमा नियन्त्रण गर्न सकिने बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङअनुसार एचआइभी संक्रमितमध्ये आधा पनि नियमित उपचारमा आएर औषधि खाएको पाइँदैन ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटाका अनुसार नेपालमा एचआईभी संक्रमित मध्ये ९ हजार ८ सय १८ जनाले एआरभी (एनटी रेट्रो भाईरल थेरापी ) सेवा लिइरहेका छन् ।
तर, औषधि लिने बिरामीहरु पनि भटाभट बीचमै औषधि खान छाडी भाग्ने क्रम बढ्दै गएको छ । केन्द्रको तथ्यांकअनुसार गत वर्ष औषधि खाइरहेका एक हजार ५५ संक्रमित औषधि छाडेर लुके ।
तर, संक्रमित बिरामीहरु भने यसलाई मान्न तयार छैनन् । संक्रमितका अनुसार औषधि खाने बिरामीहरुलाई अन्यको तुलनामा थप पौष्टिक आहार चाहिने र सरकारले महिनामा जम्मा पाँच केजी मात्र पौष्टिक खानेकुरा दिने हुँदा छाड्नेको संख्या बढेको हो ।