काठमाडौं । उषापान (खाली पेटमा पानी पिउने) वा अमृतपान जसमा उषाको अर्थ बिहान र पानको अर्थ सेवन गर्नु भन्ने हुन्छ। अर्थात् बिहानै मुख कुल्ला नगरी पिउनु भन्ने हुन्छ। हाम्रो आमाशयको क्षमता ६०० मिलीलिटर हुन्छ।
आमाशयको क्षमता डबल बनाउँदा सवा १ लिटर हुन्छ अर्थात बिहान ३–४ गिलास पानी (बच्चाले दुई गिलास) मनतातो वा चिसो पिउनुलाई उषापान भनिन्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा मुख कुल्ला नगरी मुखमा भएको र्यालसहित निल्ने गरी पानी पिउने गर्नुपर्छ, यसले मानिसलाई बल, स्वास्थ्य, आरोज्ञ, शीतलता प्रदान गर्छ। पचेको मल र मृत तन्तुलाई समेत बाहिर पठाइदिन्छ।
उषापान स्वस्थ्य जीवनको प्रमुख आधार हो, जसले शरीरका प्रायः सम्पूर्ण रोग निर्मुल पार्ने काम गर्छ । रगतको गाढापन कम गरी हृदयघातलाई न्यून गर्छ । यसले आमाशय तथा आन्द्राको भित्तामा रहने म्युकस तथा डेडसेल समेत बाहिर निकाल्छ।
उषापानमा व्यक्तिले आफ्नो प्रकृतिअनुसार मनतातो या चिसो पानी सेवन गर्न सक्छ। आर्थराइटिस समस्या, घुँडा दुखेको, शरीर मोटो छ भने मनतातो पानीमा गौमूत्र दुई बिर्को मिसाई पिउँदा लाभ हुन्छ। तर, अमिलो पानी आउने समस्या भएकाले तातो पानी पिउनु हुँदैन । बेलुका खाना खाएर सुतेपछि रातभर खानाको पाचन हुन्छ । त्यसैबाट हामी शक्ति पाउँछौं।
त्यस्तै पच्न नसकेका बाँकी पदार्थ हाम्रो ठूलो आन्द्रामा गएर जम्मा भएको हुन्छ । त्यसलाई सही समयमा निष्काशन गर्न सकेनौं भने हामीलाई कब्जियत हुन्छ । भनिन्छ, कब्जियत सबै रोगको जननी हो। कब्जियत रोगकै कारणबाट अरू रोग सुरूवात हुन्छ । यदि हामीले ओछ्यानमै चियाको बदला पेटभरि पानी पियौं भने कब्जियत लाग्न पाउँदैन र त्यसको कारणबाट लाग्ने अरू रोगहरू स्वतः हराएर जान्छ।
चिसो पानीमा मह मिसाएर पियो भने पिसाब पोल्ने समस्या बन्द हुन्छ । तातो पानीमा मह मिसाएर पियो भने शरीर गर्मी हुन्छ।